काठमाडौं, ४ भदौ । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को नयाँ नेतृत्वको लागि भदौ १७ गते निर्वाचन हुदैँछ। यतिबेला पर्यटन व्यवसायीहरु चुनावको माहोल बनाउन लागि परेका छन्। कोहि उम्मेद्वारी घोषणा गरेर भोट माग्ने व्यस्त छन् त कोहि आफ्नो टिमको प्रचारमा लागेका छन्। त्यस मध्ये एक हुन् द्धितीय उपाध्यक्ष पदका उम्मेद्धार निशेष थापा। वरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डे नेतृत्वको व्यावसायिक प्यानलबाट द्धितीय उपाध्यक्ष पदका उम्मेद्धार रहेका थापा स्थापित पर्यटन व्यवसायी हुन्।
को हुन् त द्धितीय उपाध्यक्ष पदका उम्मेद्धार थापा ?
धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ७ मा जन्मिनुभएका निमेष थापा टानको आसन्न निर्वाचन २०८१ का लागि द्धितीय उपाध्यक्षका उम्मेद्धार हुन् । हिमालयन वण्डर्स एडभेन्चर प्रा.लि.का प्रबन्ध निर्देशक थापा सन् १९९९ देखि पर्यटन क्षेत्रमा लागेका हुन् । पदयात्रा व्यवसायसँगै होटल द एड्रेस काठमाडौं सञ्चालन गरिरहेका छन् । आफ्नो व्यवसायको अलावा उहाँले विभिन्न पर्यटकीय संघसंस्थामा आबद्ध भएर पर्यटन प्रवर्द्धन र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । ठमेल पर्यटक सेवा संघको कार्यसमिति सदस्य भएर काम गरिसकेका थापा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल)को एक कार्यकाल महासचिव पदमा रहेर काम गरिसकेका थापा पर्यटनकर्मी माझ निकै लोकप्रिय छन् । टानको गरिमा र महत्वलाई बढाई पर्यटन व्यवसायीहरुको समस्या समाधान गर्न आफुले प्रयास गर्ने थापाको भनाइँ छ।