काठमाडौँ। फ्रान्सका चर्चित फुटबल खेलाडी एम्बाप्पेले चीनबारे गरेको ‘विवेकहीन’ टिप्पणीका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि माफी मागेका छन्। विवादपछि चीनका विभिन्न ठूला ब्रान्डहरूले उनीसँगको व्यावसायिक साझेदारीसमेत तोडेका छन्।
फ्रान्सको राष्ट्रिय टोली तथा स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्राइकर एम्बाप्पेले चीनका पूर्वनेता माओत्सेतुङबारे विवादास्पद टिप्पणी गरेको जस्तो देखिने एउटा भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। उक्त भिडियो सार्वजनिक भएपछि चीनका विभिन्न कम्पनीहरूले उनीसँगको सम्झौता रद्द गर्न थालेका हुन्।
चिनियाँ दुग्ध उत्पादन कम्पनी मेङनिउले मंगलबार एम्बाप्पेसँगको सबै साझेदारी तत्काल अन्त्य गर्ने घोषणा गरेको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ, “चिनियाँ जनताको भावनामा चोट पुर्याउने कुनै पनि शब्द वा कार्यप्रति मेङनिउको कडा विरोध छ र त्यस्ता गतिविधिप्रति हाम्रो शून्य सहनशीलता छ।”