गीतकार गणेश उप्रेतीको ‘संगै जिउने मर्ने कसम’ गीत सार्वजनिक (भिडियोसहित)
गीतकार गणेश उप्रेतीको ‘संगै जिउने मर्ने कसम’ गीत सार्वजनिक (भिडियोसहित)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ । गायिका मुना ठटालको आवाजमा सजिएको गीत ‘संगै जिउने मर्ने कसम’ को लिरिकल भिडियो सार्वजनिक भएको छ। करुणा कंडेलको निर्माण रहेको उक्त भिडियो एरिना इन्टरटेन्टमेन्ट यूटुब च्यानलमार्फत शुक्रबार लिरिकल सार्वजनिक गरिएको हो।
याे गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन्। रेडियो नेपालको आधुनिक गीत प्रतियोगीतामा गायनतर्फ तेस्रो स्थान हासिल गर्न सफल यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास उनीहरुको छ।
एक दशकदेखि गीतसंगीतमा क्रियाशील रहेका गणेश उप्रेतीको ‘तिम्रो दिलको’ ‘लगन जुरेर’ ‘लाइदेउ माया’ ‘नजरको गुलेली’ जस्ता गीतहरु चर्चित छन्।
हेर्नुस् भिडियो :
https://www.youtube.com/watch?v=pNEgmbT6OCw
प्रतिक्रिया