सिरी लोप्चनको 'सेम ह्रो' बोलको म्युजिक भिडियो बजारमा (भिडियो)
सिरी लोप्चनको 'सेम ह्रो' बोलको म्युजिक भिडियो बजारमा (भिडियो)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं । गायिका सिरी लोप्चन अभिनित 'सेम ह्रो' अर्थात 'मनको साथी' बोलको प्रेम गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । काठमाडौं,बौद्ध स्थित सेकुवा जक्सनमा भएको पत्रकार सम्मेलन तथा म्युजिक भिडियो सार्वजनिक कार्यक्रम मार्फत सार्वजनिक गरेको उक्त गीतमा गायक तथा संगीतकार बिहिन दोङ र गायिका सिरी लोप्चनको स्वर रहेका छन् ।
भिडियोमा मोडल घिसिङलाई गायिका लोप्चनले साथ दिएकी छिन भने निर्देशन अजय स्याङतनले गरेका छन् । ज्ञानदाश तामाङको शब्द, वाङजु फ्युवाको एरेन्जमेन्ट र दिपेश प्रधानको मिक्सिङ रहेको सेम ह्रो बोलोको भिडियो सिरी लोप्चन अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
कार्यक्रममा तामाङ चलचित्रका महानायक अमिर दोङ, बरिस्ठ गायक तथा संगीतकार विशाल काल्तन, प्रयास दोङ, खेम मोक्तान, गायिका जितु लोप्चन, नायक रितुराज पाख्रिन लगायत दर्जनौं कलाकारहरु सहभागी रहेका थिए ।
अरुबेलाको पत्रकार सम्मेलन भन्दा भिन्न तरिकाले सम्पन्न भएको कार्यक्रममा यसपटक भने भिडियो निर्माण युनिट, सहभागी कलाकार र पत्रकार बिच खुल्ला रुपमा बहस तथा भिडियो माथि टिक्कटिप्पनि समेत गरेका थिए ।
हेर्नुस् भिडियो :
https://www.youtube.com/watch?app=desktop&v=DPXFRnRWX3M&feature=youtu.be&fbclid=IwAR1MPwHaH_MDATh2W9dyxMGdfRU1C9eF5-sleqbTwdg9aLUkgn6n6C9nU3Y&ab_channel=SiriLopchanOfficial
प्रतिक्रिया