गीतकार ध्रुव अंम्गाईको `जमानत गुमायौ´ गीत सार्वजनिक
गीतकार ध्रुव अंम्गाईको `जमानत गुमायौ´ गीत सार्वजनिक
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौ, १३ जेठ । चर्चित गीतकार ध्रुव प्रसाद अंम्गाईले एम थ्री मिडिया नेपाल युटुब च्यानल मार्फत `जमानत गुमायौ´ गीत सार्वजनिक गरेका छन् । एकपछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अंम्गाईको यो गीत नेपाली सङीत क्षेत्रमै विरलै बन्ने कपाली गजल फरक खालको गीत हो ।
उनी बिगत २०बर्षदेखि प्रवासमा बस्दै आएका छन् । गोरखा जिल्ला फुजेल जन्मथलो भएका अंम्गाई समाजसेवी एवम खरो स्वभाव भएका स्पष्ट बक्ता समेत हुन् ।
अमगाईका तीन दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छन् । हरेक बर्ष उनको गीतहरुले चर्चा कमाईरहेका छन् । उनी वास्तविक र यथार्थ घटनाक्रमहरुलाई लेखन मार्फत समाजको यथार्ततालाई उतार्ने गर्छन् ।
उनको गीतहरु आखा आँखा जुधी/ माया कुरा सुनिदेउ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा, काले केटा २, माया हे माया, माया तिरिरिरी, तिमीलाई सन्देश, विहानीको घामको झुल्को उनका चर्चित गीतहरु हुन् ।
उनले हरेक बर्ष उत्कृष्ट गीतकारको बिधामा एवार्ड हात पारेका छन् । यो बर्ष गीतकार संघ नेपालले प्रदान गर्ने बर्ष गीत पुरस्कारमा उत्कृष्ट दस जना गीतकार भित्र आखाआँखा जुधी गीतबाट नोमिनेसनमा परिसकेका छ्न भन्ने अन्य थुप्रै म्युजिक एवार्डहरुमा उनका गीतहरु परीरहेका छन् ।
यो जमानत गुमायौ गीत अत्तेन्तै मार्मिक छ । प्रेमिकाले धोका दिएको सामाजिक घटनालाई उतारिएको छ ।
गीतमा शब्द अंम्गाईको रहेको छ भने स्वर तथा सङ्गीत सुरेसचन्द ठकुरी एरेन्ज किरण कडेल मिक्सिङ मास्टरीङ श्यम स्वयत रसाइली भिडियोको निर्देश बिक्रम चवाहान ले गरेका छन् भने क्यामरामा सुरेस श्रेष्ठ ईडिटिङ मिलन विश्वकर्मा मोडेल आरजे सोनी, सिमोन किङ, स्वास्तीका श्रेष्ठ र सुसाना दुलाल रहेका छन् ।https://youtu.be/QekO0PBLpeQ
प्रतिक्रिया