२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कोरोना संक्रमित ओरालो लाग्ने क्रम जारी, आज कति थपिए ?

कोरोना संक्रमित ओरालो लाग्ने क्रम जारी, आज कति थपिए ?

गण्डकी टाइम्स
आइतवार, फाल्गुण १५ २०७८
गण्डकी टाइम्स
आइतवार, फाल्गुण १५ २०७८
  • काठमाडौं, १५ फागुन । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् भने हाल ८ हजार ५१७ जना संक्रिय संक्रमित छन् ।

    आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ भने ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल ८ हजार २८५ जना होम आइसोलेसनमा रहेका छन् भने २३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८१ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६ जना कोरोना संक्रमित थपिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij