२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

गण्डकी टाइम्स
आइतवार, फाल्गुण १५ २०७८
गण्डकी टाइम्स
आइतवार, फाल्गुण १५ २०७८
  • काठमाडौं, १५ फागुन । साताको पहिलो दिन आज नेपालको सेयर बजारमा ७ अंकको गिरावट आएको छ । प्रि-ओपनिङमा बढेर कारोबार शुरू भए पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ७.७३ अंकले घटेर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक २६५३ अंकमा आइपुगेको छ ।

    आज ३ अर्ब २७ करोड रुपैयाँ बराबरको ७० लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका १३ मध्ये दुई समूहमा सुधार आएको छ । जलविद्युत समूह ३४ अंक र अन्य समूहमा १५ अंकले सुधार आएको हो ।

    यसबाहेक, कारोबारमा आएका अन्य सबै समूहमा गिरावट आएको छ । आज कारोबार भएकामध्य जीवन बीमा समूहमा ११६ अंकले घटेको छ भने उत्पादनमूलक समूहमा ७१ अंकले घटेको छ । यस्तै, निर्जीवन बीमा समूहमा ३२ अंकले तथा लघुवित्त समूहमा ३१ अंकको गिरावट आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij