२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बुधबारदेखि खुल्ने

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बुधबारदेखि खुल्ने

गण्डकी टाइम्स
शनिवार, माघ २९ २०७८
गण्डकी टाइम्स
शनिवार, माघ २९ २०७८
  • काठमाडौं, १ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आगामी ४ फागुनदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्न लागेको हो ।

    कम्पनीले निष्कासन गर्ने साधारण शेयरमा कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र जारी पुँजी २६ करोडको ०.५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९५ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आगामी फागुन ४ गतेदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सर्वसाधारणले फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी फागुन १८ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

    सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

    कम्पनीको पुँजीको संरचनामा अधिकृत पुँजी ५० करोड र हालको जारी पुँजी २६ करोड तथा चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँ छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण शेयरको बाँडफाँट पश्चात कम्पनीको चुक्ता पुँजी २६ करोड पुग्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij