२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेप्सेमा भारी गिरावट

नेप्सेमा भारी गिरावट

गण्डकी टाइम्स
आइतवार, माघ २३ २०७८
गण्डकी टाइम्स
आइतवार, माघ २३ २०७८
  • काठमाडौं, २३ माघ । सेयर बजार परिसूचक नेप्से एकैदिन ४० अङ्कले घटेको छ ।

    साताको पहिलो दिन आइतबार नेप्सेमा ४०.५७ अङ्कको पहिरो गएको छ । सूचक २८३६.१७ अङ्कमा झर्दा सबै उपसमूहका सूचक ऋणात्मक छन् । एक करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर पाँच अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँमा कारोबार भएको छ । जीवन बीमा उपसूचक ३.५७ प्रतिशतले घटेको छ ।

    आज नेपाल हाइड्रो डेभलपर लिमिटेड (एनएचडीएल) को सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । विन नेपाल लघुवित्त वित्तीय संस्था (डब्ल्यूएनएलबी) का सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । सो कम्पनीको सेयर १० प्रतिशतले घटेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij