२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

म भित्रको शहर‬ (कविता)

म भित्रको शहर‬ (कविता)

गण्डकी टाइम्स
बुधवार, बैशाख १२ २०७५
गण्डकी टाइम्स
बुधवार, बैशाख १२ २०७५
  • बर्सौ बर्ष भइसक्यो शहरसङको मेरो सहयात्रा म शहरको प्रत्येक गल्ली गल्ली पसिसके तर मभित्र शहर कहिल्यै पसेन। मैले शहर चिन्न सकिन शहरले मलाइ चिनेन दोषी म नै हु, बर्सौ बितिसक्दा शहर नचिन्ने शहरले भन्दा मैले धेरै गल्तीहरु गरेको छु तेसैले गर्दा आजसम्म मैले सहर चिनिन मेरा गल्तीहरु यस प्रकारका छन, पहिलो गल्ती, (अतीप्रीय साथी) गाउँमा पाेल्टामा मकै हालेर गोठालो जाने आधा पेट मात्र खायर काठमाडौंको डेरामा भबिस्यका सपना देखिरहेका हरुनै शहरमा पनि अतीप्रीय साथी बने तेसैले म भित्र शहर कहिलै पसेन । दोस्रो गल्ती,(अबिभाबक) मलाई हरछेड् सहयोग गर्ने आफु भोकै हुदा पनि म मा भोक देख्ने उत्प्रेरणा मात्र प्रदान गर्ने सङघर्श र पसिनामा मात्र अर्थपुर्ण जिबन हुन्छ भन्ने मेरो अबिभाबक तेसैले म भित्र शहर कहिलै पसेन । तेस्रो गल्ती ,(कलेज रोजाइ ) महँगो कलेजमा तिर्ने पैसाको अभावमा सस्तो सरकारि कलेजको रोजाइ भेट्िने साथीहरू सबैको अभावपुर्ण जिबन समबेदनाका कथाहरू अनि सरलताका धुनहरु तेसैले म भित्र शहर कहिलै पसेन । चोेथो गल्ती , (प्रीय सुफियाना ) घास दाउरा काटेर नै शहर आएकि हातभरी दुखका यादहरु भएकि गरिबी र अभावलाइ अतिप्रीय साथी बनायकी पैसा र सम्पन्नतामा स्वार्थ देख्ने मेरि प्रीय सुफियाना बास्तबिक प्रेम भाबनात्मक र सम्बेगात्मक हुन्छ भन्ने तेसैले म भित्र शहर कहिलै पसेन । म शहरको प्रत्येक भिडमा पसे तर म भित्र शहर कहिलै पसेन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij