२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आज पनि शेयर बजारमा भारी गिरावट

आज पनि शेयर बजारमा भारी गिरावट

गण्डकी टाइम्स
बुधवार, मंसिर २२ २०७८
गण्डकी टाइम्स
बुधवार, मंसिर २२ २०७८
  • काठमाडौं, २२ मंसिर । बुधबार पनि शेयर बजारमा ठूलो गिरावट देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ८० अंकमा झरेको छ ।

    ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३४ अंकले घटेको छ । नेप्से परिसूचकसँगै बुधबार शेयर कारोबार रकम समेत सुस्तायो । दिनभर भएका ४२ हजार ९४६ कारोबारबाट २२६ कम्प्नीका ६५ लाख ६० हजार ९ सय ४७ कित्ता शेयर किनबेच भए । जसअनुसार कारोबार रकम २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रुपैयाँमा रोकिएको छ ।

    बुधबार अधिकांश कम्पनीहरुको शेयर मूल्य घट्दा बजार पुरै राताम्मे देखिएको छ । यद्यपि, स्टाण्डर्ड चार्टड बैंक, मैलुङखोला जलविद्युत्, नेपाल एसबीआई बैंक लगायतको शेयर मूल्य भने बढेको छ । बुधबार धेरै गुमाउने कम्पनीहरुमा सामुदायिक लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त लगायतका कम्पनीहरु देखिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij