२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

फेरी ओरालो लाग्यो शेयर बजार

फेरी ओरालो लाग्यो शेयर बजार

गण्डकी टाइम्स
मंगलवार, मंसिर २१ २०७८
गण्डकी टाइम्स
मंगलवार, मंसिर २१ २०७८
  • काठमाडौं, २१ मंसिर । साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक पुनः घटेको छ । आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार तीव्र उतारचढाव पछि ३२ अंकले बढेको थियो । मंगलबार भने ३७ दशमलव १८ अंकले घटेर २ हजार ५ सय ८ दशमलव ९० अंकमा झरेको छ ।

    ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ८६ अंकले घटेको छ । नेप्से परिसूचकसँगै शेयर कारोबार रकममा पनि सुस्तता आएको छ । सोमबार साढे चार अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलबार ३ अर्ब १२ करोडमा रोकिएको छ ।

    दिनभर भएका ४९ हजार ७४१ कारोबारबाट २३१ कम्पनीका ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट शेयर कारोबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँमा रोकिएको छ ।

    मंगलबार बजार शुरु भएको केहीबेर नेप्से परिसूचक बढेको थियो । कारोबार शुरु भएको पहिलो घण्टासम्म सकारात्मक नै रहेको नेप्से परिसूचक त्यसपछि भने घट्ने क्रम शुरु भयो । अन्ततः बजार बन्द हुँदा ३७ अंकले घट्यो ।

    समग्रमा बजार घटे पनि व्यापार समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य बढेको छ । केही कम्पनीहरुको राम्रो मूल्य बढ्दा यो समूहको सबइन्डेक्स २१ दशमलव ५३ अंकले बढेको छ ।

    म्युचुअल फण्ड पनि झिनो अंकले बढेको छ भने बाँकी सबै समूहमा रहेका अधिकांश कम्पनीहरुको शेयर मूल्य घटेको छ । धेरै गुमाउनेमा मंगलबार फाइनान्स र विकास बैंकका शेयरधनीहरु देखिएका छन् । फाइनान्स समूह ४ दशमलव ८६ प्रतिशतले घट्दा विकास बैंक पनि करिब ३ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij