२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

लगातार घटेको शेयर बजार सम्हालियो

लगातार घटेको शेयर बजार सम्हालियो

गण्डकी टाइम्स
सोमवार, मंसिर २० २०७८
गण्डकी टाइम्स
सोमवार, मंसिर २० २०७८
  • काठमाडौं, २० मंसिर । कारोबार खुला भएको एक घण्टामै ७१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सम्हालिएको छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५ सय ४६ दशमलव ०८ अंकमा पुगेको छ ।

    ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६३ अंकले बढेको छ । सोमबार कारोबार खुला भएसँगै लगातार घटिरहेको नेप्से पहिलो घण्टा नबित्दै २ हजार ५ सय तल झरेको थियो ।

    ३ हजार २ सय माथि पुगेको ऐतिहासिक रेकर्ड राखेको नेप्से परिसूचक पछिल्लो समय लगातार घटेर २ हजार ५ सय तल झरेको हो । साताको पहिलो दिन आइतबार नै ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार सम्हालिएको छ ।

    कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ । दिनभर भएका ६९ हजार ८८८ कारोबारबाट ९४ लाख ७१ हजार ३ सय ११ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँमा रोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij