२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

गण्डकी टाइम्स
बिहिवार, मंसिर ९ २०७८
गण्डकी टाइम्स
बिहिवार, मंसिर ९ २०७८
  • काठमाडौं, ९ मंसिर । बिहीबार सेयर बजारमा परिसूचक नेप्सेमा तीन अंकको गिरावट आएको छ । गत मंगलबार १.८९ अंकले बृद्धि हुँदै २७ सय ३५ बिन्दुमा पुगेको नेप्से सूचक बिहीबार पुनः ३.२२ अंकले घट्दै २७ सय ३१.७८ बिन्दुमा झरेको हो । तीन अंकले घटेको बजारमा तीन अर्ब ७८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    यसदिन बैंकिङ, होटल एण्ड टुरिजम र अन्य उपसमूह धनात्मक हुँदा अरु सबै उपसमूह ऋणात्मक भएका छन् । यसदिन सम्बृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले अधिकतम ९.२५ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूले ६.९३ प्रतिशतले गुमाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij