२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

तारकेश्वर नगरभित्र कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन मेरो उम्मेदवारी : कविन्द्र खत्री (अन्तर्वार्ता)

तारकेश्वर नगरभित्र कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन मेरो उम्मेदवारी : कविन्द्र खत्री (अन्तर्वार्ता)

गण्डकी टाइम्स
सोमवार, भाद्र २८ २०७८
गण्डकी टाइम्स
सोमवार, भाद्र २८ २०७८
  • काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको छ । महाधिवेशनको तिथि नजिकिँदै जाँदा सो पार्टीको चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढेसँगै गाउँ, नगर, क्षेत्रदखि जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् । त्यसैक्रममा तारकेश्वर नगरपालिकामा रहेर लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय स्थापित समाजसेवी कविन्द्र खत्रीले कांग्रेसको आसन्न अधिवेशनमा तारकेश्वर नगरपालिकाबाट नगर सभापतिमा चुनाव लड्ने घोषणा गरेका छन् । २०५३ सालदेखी कांग्रेसको राजनीतिमा सक्रिय खत्रीले नगरपालिका भित्र विभिन्न सामाजिक संघसस्थामा क्रियाशील रहदै समाजसेवामा सक्रिय भूमिका खेल्दै आएका छन्। तारकेश्वर नगरपालिका वडा नम्बर ६ का स्थायीवासी खत्रीले नेपाली कांग्रेसलाई विपीको समाजवादी यात्रामा हिडाउन, रुपान्तरण गर्नको लागि नेतृत्वमा बसरे काम गर्नुपर्ने भएको भन्दै आफूले नगर सभापतिमा उम्मेदवारी दिएको बताएका छन्। प्रस्तुत छ, उम्मेदवारीको विषमा केन्द्रित भएर यूवा नेता कविन्द्र खत्रीसंग गण्डकी टाइम्सले गरेको संक्षिप्त कुराकानीको सम्पादित अशं : नेपाली काँग्रेसको नगर सभापतिमा तपाइँको उम्मेदवारी किन ? म २०५२/५३ सालदेखि नेपाली कांग्रेसको झण्डामुनि गोलबन्द हुदैँ नियमित रुपमा सक्रिय रहदै आएको छु। अहिलेसम्म आइपुग्दा मैले अन्य अग्रजहरुलाई साथ र सहयोग गर्या। मलाई पनि उहाँहरुले कांग्रेसको राजतीतिमा सक्रिय भई समाजको सेवा गर्न सिकाउनु भयो। अग्रजहरुको साथ र यूवा साथिहरुको आग्रहमा मैले आसन्न अधिवेशनमा तारकेश्वर नगरपालिकाबाट नगर सभापतिमा उम्मेदवारी दिने निर्णय लिएको हुँ। तपाइँका एजेण्डा के छन् ? सर्वप्रथम त नेपाली कांग्रेसका एजेण्डा नीति तथा योजनानै मेरा एजेण्डा हुन्। कांग्रेसलाई विपीको समाजवादी यात्रामा हिडाउन, रुपान्तरण गर्नको लागि नेतृत्वमा बसरे काम गर्नुपर्ने भएकोले मैले उम्मेदवारी घोषणा गरेको हुँ। अर्को कुरा तारकेश्वर नगरपालिकामा हाम्रो पार्टीलाई थप ससक्त र क्रियाशील बनाउने मेरो योजना रहेको छ। तारकेश्वरको विकासको लागि विगतमा भन्दा मैले अझ प्रभावकारी काम गर्नेछु। नगरभित्र नेपाली कांग्रेसका समर्थक एवम शुभचिन्तकको सल्लाह सुझावलाई सधै साथ लिएर अगाडी बढ्ने मेरो योजना रहेको छ। नगरभित्र नेपाली कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने मेरो मुख्य काम हुनेछ। तपाइँले निर्वाचन जित्ने आधार के-के छन् ? तारकेश्वर नगरपालिका भित्र रहेर निरन्तर नेपाली कांग्रेस पार्टीको काममा मैले देखाएको क्रियाशीलतानै मैले नगर सभापतिमा चुनाव जित्ने आधार हो जस्तो मलाई लाग्छ। लामो समयदेखि यो पार्टीमा मैले गरेको योगदान, साथीहरुको साथ सहयोगले मलाई हौसाला प्रदान गरेको छ। नगर भित्रका अग्रजदेखि नयाँ क्रियाशील सदस्यहरुको समर्थननै मेरो जित्ने आधार हो। म पार्टीको एक इमान्दार सिपाई हुँ। पार्टीको राजनीतिबाट समाजलाई परिवर्तन गर्न सकिन्छ भन्ने मुख्य ध्ययले म सक्रिय राजनीतिमा आएको हो। मैले व्याक्तिगत रुपमा लिने केहि छैन, म राजनीति मार्फत तारकेश्वरलाई केहि दिन आएको हुँ। यो कुरा मेरो पार्टीले राम्रोसंग बुझेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij