सुनचाँदीको मुल्य वृद्धि
सुनचाँदीको मुल्य वृद्धि
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १६ जेठ । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया