आर्थिक सर्वेक्षण भोलि सार्वजनिक गर्ने, बजेट शनिबार
आर्थिक सर्वेक्षण भोलि सार्वजनिक गर्ने, बजेट शनिबार
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १३ जेठ । सरकारले आर्थिक सर्वेक्षण शुक्रबार सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार, शुक्रबार २ बजे मन्त्रालयमै आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रम राखिएको छ ।
कार्यक्रम जुम प्रविधिबाट सार्वजनिक गर्ने जनाएको छ । फोटो तथा भिडियोका लागि सीमित पत्रकारलाई अर्थ मन्त्रालय प्रवेश दिने गरी तयारी गरिएको छ ।
जेठ १५ गतेको बजेट भने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बालुवाटार बाटै सार्वजनिक गर्ने कार्यक्रम तय गरेका छन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् ।
ओली सरकारले चुनाव घोषणा गरेकाले मतदाता रिझाउने खालका कार्यक्रम ल्याउन लागेको बुझिएको छ । सबैलाई रिझाउने मेलोका कारण बजेट बढी पपुलर खालको हुने आंकलन गरिएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलव बढाउने घोषणा गरिसकेका छन । अर्थले यसलाई निर्देशनकै रुपमा लिएको छ ।
प्रतिक्रिया