हि हि पर्दैन प्रीय
हि हि पर्दैन प्रीय
गण्डकी टाइम्स
गण्डकी टाइम्स
समिर दुवाडी
तिम्रो र मेरो राजनीतिक प्रेम हेर त
मुना र मदन एकादेशको प्रेम हुनेछ
लैला र मजुनको प्रेम किम्बदन्ती हुनेछ
तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा
तिम्ले देशको सपथ खुवाउदा
कता कता प्रेमको सपथ खाय जस्तो भइरहेछ
त्येसैले जनताको सपथ पर्दैन प्रीय...
तिम्रो र मेरो जितको उत्सव चलिरहदा
जनताको काखमा मृत्यु उत्सव चलिरहदा
म प्रेमिल बासुरी बजाउछु, तिमी नाच्नु है
तिम्रो लागि दरबार, मेरो लागि महल बनाइसके
त्येसैले जनताको लागि झुपडी पर्दैन प्रीय....
तिमिलाइ प्रेमपुर्वक पहिचान उपहार दिएर
जनतालाई मृत्यु उपहार दिइरहदा
चित्ता किन्दा आयको मुनाफाबाट
उद्घाटन गरेको धरहराको शिरबाट
तिमिलाई बाहुपासमा लियर
आर्यघाटमा उडेको धुवा हेर्न खुब मज्जा आउँछ
त्येसैले जनताको लागि अक्सिजन पर्दैन प्रीय...
प्रतिक्रिया