२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

घोषणा

घोषणा

गण्डकी टाइम्स
शनिवार, पौष २५ २०७७
गण्डकी टाइम्स
शनिवार, पौष २५ २०७७
  • गर्न त गर्यो सन्काहाले घोषणा त्यति भने नि गर्यो केहीले भने बर्बाद गर्यो। बेला–बेला सन्किरहन्छ बादशाह जस्तै सन्किरहन्छ श्री ३ हरु जस्तै शायद उकास्ने वा उचाल्ने आसनले रहेछ कि ! वरिपरि राखेर कमजोर भाइभारदार अनि भन्छ ‘म छु’ के को चिन्ता चेतना कमजोर भएपछि योजना विहीनहरु यस्तो हर्कत गर्छन् । आसेपासेहरुभन्छन् हजुरको त कस्तो के जाति पनि बास्ना आउने पुनः अर्को घोषणा गर्छ सन्काहा । एकपछि गर्दै अर्को अप्ठ्यारोमा फस्दै फस्दै शक्तिशाली बादशाह मूर्ख श्री ३ आदि आदिकै सिको गर्दै परीक्षण गर्दै एउटा सुन्दर समय धुजा धुजा बनाउँछ अनि पुनः थुपारेर दासहरु भन्छ कसो भयो त देखिस् मैले बोलेँ बोलेँ पुर्याउनु पर्छ पुनः बतुराउदै। झलक्क सम्झन्छु हजुरबाले सुनाउनु भएको बाले पुनः दोहोर्याउनु भएको एउटा कथा भटमास खोजीको कुरा एउटा दानो भटमास खोज्न जङ्गल आगो लगाउने हुस्सु गोठालो चरित्र ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij