२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्री ओलीको कदम विरुद्ध अमेरिकामा पनि विरोध प्रदर्शन

प्रधानमन्त्री ओलीको कदम विरुद्ध अमेरिकामा पनि विरोध प्रदर्शन

गण्डकी टाइम्स
आइतवार, पौष १२ २०७७
गण्डकी टाइम्स
आइतवार, पौष १२ २०७७
  • न्युयोर्क, १३ पुस । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले आज न्युयोर्कमा प्रधानमन्त्री ओलीको कदमविरुद्ध विरोध प्रदर्शन गरेका छन ।

    संविधानको कु गरेर असंवैधानिक र स्वेछाचारी रुपमा जननिर्वाचित प्रतिनिधीसभा भंग गरेको विरोधमा न्युयोर्कमा विरोध प्रदर्शन गरिएको त्यहाँ बस्दै आएका अधिकारकर्मी डण्डु ढोक्प्याले बताएका छन ।

    अमेरिकामा बसोबास गर्दै आइरहेका नेपालीहरुको संस्था युनाईटेड नेपाली कम्युनिटिज इन अमेरिकाको पहलमा विरोध प्रदर्शन गरिएको हो ।

    विरोध जुलुसपछि स्थानीय ज्याक्सन हाइटमा आयोजित कोणसभामा सहभागीहरुले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्री ओलीको गैर् संवैधानिक कदमको विरोध गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij