२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेपाली दुतावासका श्रम सहचारीको मृत्यु

नेपाली दुतावासका श्रम सहचारीको मृत्यु

गण्डकी टाइम्स
आइतवार, पौष ५ २०७७
गण्डकी टाइम्स
आइतवार, पौष ५ २०७७
  • काठमाडौं, ६ पुस । कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी वीपना ज्ञवालीको मृत्यु भएको छ ।

    ब्लड क्यान्सर पीडित ज्ञवालीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दूतावास नजिकै रहेको मुवारक अलकबीर अस्पतालमा कोरोना परीक्षण गरिएको थियो ।

    रिपोर्ट नेगेटिभ आएपछि उनलाई थप उपचारका लागि त्यहाँको शेख अल वर्दिस क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो भने उपचारकै क्रममा उनको मृत्यु भएको दूतावासले जनाएको छ ।

    दूतावासमा श्रम सहचारीको रुपमा कार्यरत ज्ञवालीको निधन प्रति दुःख व्यक्त गर्दै दूतावासले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको भन्दै शोकको यस घडीमा ज्ञवालीको परीवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

    तीन महिनाअघि मात्र श्रम सहचारीको रुपमा कुवेत पुगेकी गुल्मीकी २८ वर्षीया ज्ञवाली अविवाहित हुन् । उनको शव आइतबार नै जजिरा एयरलाइन्समार्फत स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij