२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रज्ञाद्वारा पुरस्कार घोषणा

प्रज्ञाद्वारा पुरस्कार घोषणा

गण्डकी टाइम्स
शुक्रवार, पौष ३ २०७७
गण्डकी टाइम्स
शुक्रवार, पौष ३ २०७७
  • काठमाडौं, ३ पुस । नेपाल प्रज्ञा–प्रतिष्ठानले  विभिन्न प्रज्ञा पुरस्कारको घोाषणा गरेको छ। मंगलबार सम्पन्न प्रतिष्ठानको प्राज्ञ सभाको ३५ औँ बैठकले उक्त निर्णय गरेको हो।

    बैठकले प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई नगद दुई लाखको नेपाल सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार र नगद दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकरलाई प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरेको छ।

    बैठकले दुई दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार भारत, आसामका लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने तीन हजार अमेरिकी डलर वा सो बराबरको नेपाल प्रज्ञालंकार सम्मान चीनका प्राध्यापक वाङ हङवेईलाई प्रदान गर्ने निर्णय गरेको प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जानकारी गराएका छन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij