ठाकुरप्रसाद लामिछाने पुस्तक ‘चिल्लीबिल्ली’
भूकम्प गएको केही समयसम्म भूकम्पीय जोखीमका विषयमा विभिन्न चर्चा परीचर्चा हुने गरेको भएपनि समय बितेसंगै ठूला–ठूला भवनहरु बन्ने क्रम नरोकिने, भूकम्प प्रतिरोधी घर नबन्ने लगायतका कार्य दुःखद भएकाले सो बारे पनि पुस्तकले सचेत गराएको छ । नेपाल भूकम्पीय दृष्टीकोणले जोखीममा रहेको अवस्थामा भूकम्पबारे चेतना दिनुका साथै मानवीय तथा भौतिक क्षति कम गर्न पुस्तकले सघाउ पुर्याउने लेखक लामिछानेको विश्वास छ । शिक्षण पेशामा समेत आबद्ध रहेका लामिछानेले पुस्तकले नेपाल र नेपालीको कल्याण गर्ने विश्वास व्यक्त गरेका छन् ।