सन्ध्या त्रीपाठी धादिङ, बेनीघाट रोराङ्ग गा.पा. वडा नं.–५ हाल टिकाथली, काठमाडौं
मेरो बेदना आफ्नाले नै दिएको चोट दुख्नसम्म दुख्यो मलाई कोहि छैनन् मेरो यहाँ अव दुःख पोखु कस्लाई सहारा छन् यहि कागज अनि यहि एउटा कलम मेरो यो दुखेको घाँउमा कस्ले लाइदेला मलम बसेको छु निसाँसिदै पिजंडाको पन्छि जस्तो सबै आफ्नो स्वार्थ हेर्छन यो संसार स्वार्थी कस्तो बिरानो सहर यो बिरानो सहरमा एक्लै छु म आज भौतारिदै बसेकीछु यो भिडभाडमाझ धेरै याद आँउछ मलाई गाउँघरको माया गाउँ घरकै तस्विर घुम्छ, सधै दायाँ बाया मिजासिला थिए सबै यहाँ त्यस्ता छैनन् मेरो गाउँमा पाइने खुशी यहाँ पाईदैनन् एक्लै जान्छु म त स्कुल चिनेका कोही छैनन् सबै आफ्नो सुरमा व्यस्त बोल्दा पनि बोल्दैनन् जति गरेपनि फुर्सद नहुने यो होकि रुन मन छ आफ्ना सबै बेदनालाई पोखि