२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

फिफा विश्वकप फाइनल: स्पेन कि अर्जेन्टिना ? यस्तो छ पूर्वखेलाडीहरूको भविष्यवाणी !

फिफा विश्वकप फाइनल: स्पेन कि अर्जेन्टिना ? यस्तो छ पूर्वखेलाडीहरूको भविष्यवाणी !

गण्डकी टाइम्स
आइतवार, श्रावण ३ २०८३
गण्डकी टाइम्स
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौं, ३ साउन। फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा युरोपियन च्याम्पियन स्पेन र साविक विजेता अर्जेन्टिना आमनेसामने हुँदैछन्। उपाधि भिडन्तअघि पूर्वखेलाडी तथा फुटबल विश्लेषकहरूले आफ्नो-आफ्नो अनुमान सार्वजनिक गरेका छन्, जसमा अधिकांशले स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानेका छन्।

    तथ्याङ्क संस्था अप्टाका अनुसार स्पेनसँग विश्वकप जित्ने सम्भावना ५९.५६ प्रतिशत रहेको छ। इंग्ल्यान्डका पूर्वस्ट्राइकर माइकल ओवेनले स्पेनलाई प्रतियोगिताको 'योग्य विजेता' हुने दाबी गर्दै टोलीको सामूहिक खेल र आत्मविश्वासलाई सबैभन्दा ठूलो बल बताएका छन्।

    स्विडेनका पूर्वस्ट्राइकर ज्लाटन इब्राहिमोभिचले पनि स्पेनले अर्जेन्टिनामाथि खेल नियन्त्रण गर्ने विश्वास व्यक्त गरेका छन्। यस्तै, इंग्ल्यान्डका पूर्वकप्तान जोन टेरी र स्पेनका विश्वकप विजेता कप्तान इकर कासियासले पनि स्पेनले दोस्रो विश्वकप उपाधि जित्ने अपेक्षा गरेका छन्।

    अर्को तर्फ केहि पूर्वखेलाडीले भने अर्जेन्टिनालाई कम आँक्न नहुने बताएका छन्। इंग्ल्यान्डका पूर्वस्ट्राइकर एलन शियररले अर्जेन्टिनाको मानसिक दृढता, टोलीगत एकता र लियोनेल मेस्सीजस्तो खेलाडीको उपस्थितिका कारण उपाधि जित्ने सम्भावना कायम रहेको बताएका छन्।

    पूर्वडिफेन्डर मिकाह रिचर्ड्सका अनुसार अर्जेन्टिनाले बलियो रक्षात्मक रणनीति अपनाउँदै मेस्सीको सिर्जनात्मक खेल तथा तीव्र प्रतिआक्रमणमा भर परे स्पेनलाई चुनौती दिन सक्छ।

    युरोप र दक्षिण अमेरिकाका वर्तमान च्याम्पियनबीच पहिलोपटक विश्वकप फाइनल हुँदै गर्दा मेस्सी र युवा स्टार लामिन यामालबीचको प्रतिस्पर्धाले पनि विश्व फुटबल समर्थकको ध्यान तानेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij