कर्केनी बजैसंग युट्युबसिं फत्तेको खत्रा जुहारी
कर्केनी बजैसंग युट्युबसिं फत्तेको खत्रा जुहारी
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण १५ २०८२
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण १५ २०८२
जुहारी स्थल : बाल्वाटार।
युट्युबसिं फत्ते : नमस्ते कर्केनी बजै ।
कर्केनी बजै : तिमी युट्युबरमा अलिकती पनि सोमत छैन ? दुईदुई वटा सम्माननीय भै सकेँ । के को कर्केनी बजै भनेर जातिवादी, लिंगभेदी कुरा गरेको ?
युट्युबसिं फत्ते : पहिलो पटक सम्माननीय हुँदा पनि महाभियोग लागेर अमाननीय भएकै हउ । दोस्रो पटक जेन्जीको आँखा चिट्ठा परेर प्रधान भाकी हउ। कुनै चुनाउ जितेर आएको भए पो सोमत देखाउनु । कार्की कि छोरी सुबेडी बाहुनसंग विहेवर्तन गरेकोले कार्कीबाट कर्केनी, सुबेडीको जहान भएकोले बजैलाई जोडेर कर्केनी बजै भनेको हो ।
कर्केनी बजै : धेरै नखोक छोरोलाई पोल लाइदिउँला ।
युट्युबसिं फत्ते : बेलायतमा भएको छोरोलाई पोल लगाएर मलाइ के हुन्छ ? धेरै भए सामाजिक सञ्जालमा भुक्ने त होला ।
कर्केनी बजै : यहिँ नेपालमा भाको छोरोलाई भन्दिन्छु भनेको ।
युट्युबसिं फत्ते : अर्को छोरो पनि ब्याकी छौ र ?
कर्केनी बजै : हैन । पुत्ने छोरो हो ।
युट्युबसिं फत्ते : के नाम हो पुत्ने छोराको ?
कर्केनी बजै : सुडान गुडुङ्ग ।
युट्युबसिं फत्ते : हत यस्तो नाम पनि हुन्छ कतै ?
कर्केनी बजै : किन हुँदैन । अस्ति जेन्जी विद्रोहमा पानी बाँड्दा बाँड्दै गड्याङ्ग गुडुङ्ग गर्यो अनि हाम्रो देशलाइ सुडान बनाउन लागेकोले उस्को नाम सुडान गुडुङ्ग भएको हो । न्वारानमा त सुधन गुरुङ्ग थियो क्यारे । काम विशेषले अपभ्रंस भएर सुडान गुडुङ्ग हुन गयो ।
युट्युबसिं फत्ते : अनि उ त गोर्खा मनकामनामा घण्टी बजाउँदै छ त ।
कर्केनी बजै : अनि भदौमा तेत्रो गड्याङ्ग गुडुङ्ग भएपछि पाप मोचन गर्न घण्टी बजाउन गएको हो । प्रायश्चित गर्ने. क्षमा पुजा गर्ने अवसर पाएको छ । विचरा टेन्सनमा छ पुत्ने । मलाइ पनि टेन्सन दिई राख्थ्यो । कहिले संविधान भएन फालौं भन्थ्यो । कहिले हैन हैन संविधान राखौं भन्थ्यो । अहिले क्षमा पुजा तिर लागेकोले मलाइ दुख दिन छाडेको छ । चुनाउ जसरी पनि गराउ है आमा भनेर गोर्खा गयो । चुनाउको विरोध गर्नेलाइ मलाइ देखाउ म तेस्को थोपडा नै विगार्दिन्छु भनेर गाको छ । मलाइ विरोध गर्नेलाइ देखि सहँदैन होस गर । तिम्रो नाम उसलाइ भन्दिए भने तिम्रो बत्तिसा झार्दिन्छ । अस्ति उस्ले नै मुर्गा प्रसाइलाई दागा धरेकोले मैले प्रहरी लगाएर सुरक्षा दिएको हुँ । नत्र मुर्गा प्रसाइको करङ्ग गन्ने वाला थियो ।
युट्युबसिं फत्ते : अनि यो मुर्गा प्रसाइ (लोन लि खा)संग तिम्रो सम्बन्ध चैं कस्तो हो ? कहिले बाल्वाटारमा बोलाएर भोज खुवाउँछ्यौ कहिले मामाघरको चिसो छिँडिमा पठाउँछ्यौ ?
कर्केनी बजै : लब एण्ड हेटको जस्तो सम्बन्ध हो । कहिले शुसिला आमा भन्दै लुटपुटिन आउँछ । कहिले यी आमा त सौतेनी अमा रैछन भनेर धारे हात लाउँछ । पिसाब फेरेर उठ्न नसक्नेले पनि देश चलाउन सक्छ भनेर मैले लघु त्याग गर्दाको पनि खिसिट्युरी गर्छ । अनि त बेला बेलामा तह लाउन मामा घर पठाइ दिन्छु त । पुत्ने छोरो सुडान जस्तो यो अलिक छैन ।
युट्युबसिं फत्ते : तेत्रो नरसंहार र विध्वंस भयो । तेस्को छानबीन गर्न आफ्नै बंशेरी दाजु गौरीबहादुर कार्की (जुँगे बहिदार)लाइ जाँचबुझको जिम्मा लगायौ । तर जुँगे बहिदारले पनि खालो सार्ने देखिएन । यस्तो बेलामा भनेर भन्देखुन चुनाउ गराउन सक्छयौ त ?
कर्केनी बजै : आ चुनाउ भए हुन्छ नभए संसदको अन्त । एक बारको जुनीमा महिला प्रधान मन्त्री भै हाँले । अर्कोले आएर फेरी सिंहदरबार जलाएन भने फोटो झुण्डी हालेको छ । गीत जस्तो नी :
एक बारको जुनी के भइयो विपनामा
प्रधान मन्त्री नै भएको हो… हो… हो
प्रधान मन्त्री नैss भss एss कोss ।
प्रतिक्रिया