२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

‘एनएमए’को महासचिवमा नमराज गौलीको उम्मेदवारी घोषणा

‘एनएमए’को महासचिवमा नमराज गौलीको उम्मेदवारी घोषणा

गण्डकी टाइम्स
आइतवार, श्रावण ११ २०८२
गण्डकी टाइम्स
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं, १२ साउन। नेपालको पर्यटन र पर्वतारोहण क्षेत्रमा दुइ दशकभन्दा बढी समयदेखि सक्रिय सफल पर्यटन व्यवसायी नमराज गौली (एनजी)ले नेपाल पर्वतारोहण संघ (एनएमए)को आसन्न निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी भदौ ७ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा गौलीले महासचिव पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । गौलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् उम्मेदवारीको घोषणा गर्दै एनएमएभित्रको सुधार, सुदृढीकरण र पारदर्शिताका लागि आफुले अग्रसर भूमिका खेल्ने बताएका छन्। “यहाँहरुको माया र सद्भावको पूर्ण अपेक्षा गर्दै आगामी निर्वाचनमा महासचिव पदका लागि उम्मेदवारी दिने घोषणा गर्दछु,” गौलीले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्। गौलिको अनुभव, नेतृत्व र प्रतिबद्धता : ठमेलका स्थापित युवा पर्यटन व्यवसायीका रूपमा परिचित गौली हाल एनएमएको वर्तमान कार्यसमितिमा सदस्यको जिम्मेवारी सम्हालिरहेका छन्। उनले यसअघि ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) लगायतका विभिन्न पर्यटकीय संघसंस्थामा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। आउट फिटर टेक्स एण्ड एक्स्पीडिशनका प्रबन्ध निर्देशकसमेत रहेका गौलीलाई व्यवसायिक इमानदारी, व्यवस्थापकीय क्षमताका साथै नवप्रवर्तनशील दृष्टिकोण भएका युवा नेताको रूपमा हेरिन्छ। उनका अनुसार अबको आवश्यकता योग्य नेतृत्व मार्फत अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपाललाई अझ मजबुत रूपमा प्रस्तुत गर्नु हो। “एनएमएलाई समकालीन आवश्यकता अनुसार अघि बढाउने, सदस्यहरूको हकहित सुनिश्चित गर्ने र अन्तर्राष्ट्रिय समन्वय सुदृढ गर्ने मेरो प्राथमिक लक्ष्य हुनेछ,” गौलीले गण्डकी टाइम्ससंग भने । पृष्ठभूमि र भावी योजना गौलीले पर्यटन क्षेत्रमा करिब दुई दशक लामो अनुभव सँगालिसकेका छन्। उनले जहाँ नेतृत्व गरे त्यहाँ रहँदा उनले पर्वतारोहण व्यवसायिकको हकहित र व्यवसायिक पारदर्शिता जस्ता विषयहरूमा जोड दिदै आएका छन् । गौलीको उम्मेदवारीसँगै एनएमएको महासचिव पदका लागि प्रतिस्पर्धा थप रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। एनएमएको आगामी निर्वाचनले नेपाली पर्वतारोहणको भावी दिशा निर्धारण गर्ने भएकाले उम्मेदवारहरूको भूमिका र दृष्टिकोणप्रति व्यवसायिहरुले व्यापक चासो देखाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij