२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

कोरोना संक्रमितको संख्या घट्यो, कुन जिल्लामा कति थपिए ?

कोरोना संक्रमितको संख्या घट्यो, कुन जिल्लामा कति थपिए ?

गण्डकी टाइम्स
आइतवार, भाद्र १३ २०७८
गण्डकी टाइम्स
आइतवार, भाद्र १३ २०७८
  • काठमाडौं, १३ भदौ । पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षणमा १ हजार २१४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २ हजार २६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।

    आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५९ हजार २२२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ भने ७ लाख १२ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेका छन् । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५ हजार ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२५ जना आईसीयू र १६७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९९ जना कोरोना संक्रमित थपिएका छन् ।

    कुन जिल्लामा कति संक्रमित थपिए ?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धैरै काठमाडौंमा ३१२, कास्कीमा १७५, ललितपुरमा ११४, मोरङमा ११० र सुनसरीमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै काभ्रेपलाञ्चोकमा ५३, भक्तपुरमा ५२, झापामा ४८, सिन्धुपाल्चोकमा २८, बागलुङमा २४, रुपन्‍देहीमा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

    पाँचथरमा १८, पर्वत र म्याग्दीमा १७/१७ जना, लमजुङमा १६, स्याङजामा १४ र सुर्खेतमा १३ जान कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij