२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

गण्डकी टाइम्स
शनिवार, भाद्र १२ २०७८
गण्डकी टाइम्स
शनिवार, भाद्र १२ २०७८
  • काठमाडौं, १२ भदौ । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रबार राति एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो ।

    ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्‍याइएका यादवको राति एक बजे निधन भएको हो । अध्यक्ष यादवको शव बिहान घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij